नयाँ सत्तासँगै दुई परिवर्तन

k|wfgdGqLdf cWoIf bfxfnsf] pDd]bjf/L btf{ g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfnn] g]kfnsf] k|wfgdGqLsf nflu Joj:yflksf–;+;b ejg gofF afg]Zj/sf] Nxf]T;] xndf :yfkgf ul/Psf] lgjf{rg clws[tsf] sfof{nodf dªunaf/ pDd]bjf/L btf{ u/fpg'x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं–नयाँ सरकार गठनसँगै मुलुकमा तत्काल दुई वटा परिवर्तन देखिदैँछन् । पहिलो– दुई विपरित सिद्वान्तका दल कांग्रेस र माओवादी सहकार्य र दोस्रो– संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाको संसदमा सहभागिता ।

कांग्रेस–माओवादी गठबन्धन सरकारले जनतालाई राहत पुग्ने गरी गर्ने कामको नतिजा देख्न केही महिना लाग्न सक्ने भए पनि दुई परिवर्तन भने बुधबारदेखि नै देखिनेछन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा हरेक दिन संसद बहिष्कार गर्दै आएका मधेसवादी दलले प्रचण्ड नेतृत्वमा बन्न लागेको सरकारलाई सघाउने निर्णय गरेपछि नेपाली राजनीति थप रोमान्चित बनेको हो ।