हेटौंडा- मकवानपुरको मनहरीमा-३ स्थित रमनटारमा आइतबार बिहान ३ बजे भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं गइरहेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
६ जनाको घटनास्थल, २ जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
मृतकमध्ये उदयपुर २५ का विनोद चौधरी र २७ वर्षीय सन्तोष चौधरीको पहिचान खुलेको छ ।
फाइल तस्बिर






