आज काँग्रेसको स्थापना दिवस, देउवाले दिए जन्मदिनको शुभकामना

काठमाडौं- आज काँग्रेसको स्थापना दिवस । आजबाट काँग्रेस ६८ बर्षको भएको हो ।
चैत्र २७ गते २००७ सालमा काँग्रेसको स्थापना भएको थियो ।
काँग्रेस सभापति शेरबहादुर देउवाले स्थापना दिवसको अबसरमा भनेका छन् ।

नेपाली कांग्रेसको जन्मदिनको शुभकामना
नेपाली कांग्रेस स्थापना भएको आज ६८ बर्ष पुगेको अवसरमा सबै लोकतन्त्रवादी साथिहरु, नेपाली कांग्रेसका विभिन्न तहमा रहनुभएका मित्रहरु लगायत सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आज चैत २७ गतेकै दिन २००६ सालमा नेपाली राष्टिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भएको थियो । त्यसपछिका विभिन्न आन्दोलनमा नेतृत्व गरेको कांग्रेसले २००७ सालमा प्रजातन्त्र ल्याउन सफल हुदै २०३६ सालको जनममत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र बहाली, २०६२ र ०६३ सालको दोस्रो जनआन्दोलन हुदै संविधानसभा मार्फत संविधान घोषणा गरी कांग्रेस नेतृत्वकै सरकारले संविधान अनुसारका तीनै तहको चुनाव सम्पन्न गरी मुलुकलको एउटा राजनीतिक अध्याय पुरा गराउदै स्थायित्वतर्फ अघि बढाएको छ । आज म नेपाली कांग्रेसका अग्रज नेताहरु, विभिन्न आन्दोलनमा ज्यानको आहुती दिने शहिदहरु लगायत विभिन्न रुपमा सहयोग गर्नुहुने सबैमा नेपाली कांग्रेसको जन्मदिनको अवसरमा पुन हार्दिक बधाई तथा शुभकामना दिदै धन्यवाद व्यक्त गर्न चाहन्छु ।
जय नेपाल