को-को भए नयाँ कांग्रेस केन्द्रीय सदस्य ?

nepali-Congress-flag_20110409091641[1]काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार तीन जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ ।

मनोनीत हुनेमा बर्दियाका किशोरसिंह राठौर, झापाका केशवकुमार बुढाथोकी र महोत्तरीका श्यामकुमार घिमिरे रहनुभएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।