अर्घाखाँची- बुटबलबाट सन्धिखर्कका लागि छुटेको देउराली यातायात व्यवसायी समितिको जिप गएराति नरपानीमा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
लु १ ज १४४६ नंको जिप दुर्घटना हुँदा नुवाकोट बरबास बस्ने ४० वर्षीया हरिकला घर्तिमगर, सोही ठाउँका ४५ वर्षीय चोपबहादुर घर्तिमगर, सनपा–१ बस्ने सावित्रा बेलबासे, कपिलवस्तु घर भई हाल सन्धिखर्क बस्ने ३५ वर्षीया सुनिता पटेल, सोही ठाउँकै ५० वर्षीया रुमाली पटेल घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । चारजना घाइतेको बुटबल र एक घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना चालकले मादकपदार्थ सेवन गरेका कारण भएको आरोप यात्रुले लगाएका छन् । घटनाबारे छानबिन गर्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभएको छ ।






