तराईको घरजग्गा कारोबारमा भारी गिरावट

jagga-gharकाठमाडौं–तराईका जिल्लामा घरजग्गा तथा रियल इस्टेट कारोबारमा शतप्रतिशतसम्म गिरावट आएको छ । मधेस आन्दोलनबाट बढी प्रभावित ८ वटा जिल्लाको घरजग्गा रजिस्ट्रेसन तथा घररभवन स्थायी नक्सा पास शून्यबराबर भएको हो ।

नेपाल राष्ट्र बैँकले चालू आर्थिक वर्ष ०७२/७३ को पहिलो ६ महिनाको आर्थिक गतिविधि अध्ययन गरी जारी गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार समग्र घरजग्गा रजिस्ट्रेसन संख्यामा २८ प्रतिशतले कमी आएको छ ।

गत वर्षको साउनदेखि पुससम्ममा सो संख्यामा १ दशमलब ८ प्रतिशतको बृद्धि थियो । यो अवधिमा घररभवन नक्सा पास संख्या ३२.७ प्रतिशतले कमी आएको छ। अध्ययनमा ४७ जिल्ला समेटिएको छ ।