माओवादी निकट कर्मचारी संगठनबीच एकता

Karmachari-ekataकाठमाडौं- माओवादी पार्टीहरुबीच एकता भएपछि ती पार्टी निकट कर्मचारी संगठनहरुबीच पनि एकता भएको छ ।

एकीकृत नेकपा माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेकपा क्रान्तिकारी माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनबीच एकता भएको हो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल र राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दयाराम बस्यालले जारी गरेको संयुक्त विज्ञप्तिमा आपसी सहमतिमा नेतृत्व चयनलगायत संगठनात्मक संरचना निर्माण गर्ने उल्लेख छ । दुबै केन्द्रीय समितिको संयुक्त एकता भेला यथाशीघ्र गरिनेछ ।

एकतापछि दुबै कर्मचारी संगठनले संयुक्तरुपमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनावमा भाग लिनेछन् । कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव यहि जेठ १९ गते हुँदैछ ।

चुनावमा ‘नेपाल राष्ट्रिय कर्मचारी संगठन’को नाममा भाग लिने रावलले जानकारी दिए ।

दुबै संगठनका नेताहरुले नेपाल राष्ट्रिय कर्मचारी संगठनको नाममा मतदान गर्न सबै कर्मचारीहरुलाई आह्वानसमेत गरेका छन् ।