काठमाडौं– आज विहान पौने नौ बजेसम्मको मतगणना अनुसार एमालेले चार स्थानमा जित निकालेको छ ।
बझाङको मस्टा गाउँपालिकाका दुई वडामा एमालले जित निकालेको छ । वडा नम्बर १ मा एमालेका राजेन्द्र खड्काको प्यानल बिजयी भएको छ ।
वडा नम्बर ७ मा पनि एमालेका बमबहादुर बोहोराको प्यानल विजय भएको छ ।
हिजो भएको दोस्रो चरणको स्थानीय तहमा एमालेका पंचेश्वर गाँउपालिका १ मा एमालेका कर्ण चन्द वडाअध्यक्षमा ४९२ मत ल्याएर बिजय भएका छन् ।
यस अघि –बाजुराको गहुमुल गाँउपालिकामा–६ एमालेका प्रकाश रोकाय २८८ मत ल्याएर वडाअध्यक्षमा विजय भएका छन् । काँग्रेसका गोरख रोकाय ७ मतले पराजित भएका छन् ।






