राष्ट्रपति ओबामा हिरोसिमामा

barack obamaटोकियो- अमेरिकी राष्ट्रपति बाराक ओबामा जापानको हिरोसिमा सहर पुग्नुभएको छ ।

ओबामाले हिरोसिमा खसालिएको अमेरिकी आणविक बमबाट बाँच्न सफल भएका सवैलाई स्वागत गर्नु भएको छ । हिरोसिमा पिस मेमोरिएल पार्कमा सो आणविक बमबाट बाँच्न सफल व्यक्तिहरुलाई ओबामाले विस्तृत वार्ता र स्वागत गर्नु भएको हो ।

राष्ट्रपति ओबामाले हिरोसिमा र मेमोरिएल पार्कको ऐतिहासिक भ्रमण गर्ने क्रममा पाहुनाहरुले हस्ताक्षर गर्ने पुस्तिकामा समेत हस्ताक्षर गर्नु भएको बताइएको छ ।

सो हस्ताक्षर पुस्तिकामा ओबामाले ‘युद्धपश्चात् भएको पश्चातापबारे अमेरिका अनभिज्ञ छैन् । अबका दिनहरुमा तपाई हाम्री मिलेर यो विश्वलाई नै आणविक हतियाररहित शान्तिक्षेत्र निर्माणका लागि सँगसँगै जुटौं’ भन्ने सन्देश लेख्नु भएको बताइएको छ ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले राष्ट्रपति बाराक ओमाबाको हिरोसिमा भ्रमणले अमेरिका र जापानबीचको पुनर्मिलनको नयाँ आयाम थपिएको बताउनु भएको छ

उक्त सहरमा जाने उहाँको कार्यक्रम यसअघि नै राखिएको भएपनि जाने वा नजाने भन्ने स्पष्ट थिएन ।

यसै दुविधाबीच राष्ट्रपति ओबामा उक्त जापानी सहरमा पुग्नुभएको छ । उहाँले शुक्रबार हिरोसिमाको भ्रमण गरेपछि अमेरिकी राष्ट्रपतिको हैसियतमा हिरोसिमाको भ्रमण गर्ने उहाँ नै पहिलो राष्ट्रपति हुनुभएको छ ।

दोस्रो विश्वयुद्धका क्रममा जापानमाथि अमेरिकाले हमला गर्ने क्रममा हिरोसिमा सहरमा भीषण बम आक्रमण गरेको थियो ।

सन् १९४५ को अगष्ट ६ मा अमेरिकी सेनाले हिरोसिमामा आणविक बम खसालेको थियो । यसपछि अमेरिकाले जापानमाथि बिजय भएको घोषणा पनि गरेको थियो ।
यसको तीन दिनपछि नै अमेरिकाले जापानकै अर्काे नगर नागासाकीमा हमला गरेको थियो । यसपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो ।

हिरोसिमामा गरिएको यस हमलाका क्रममा हिरोसिमा सहरका कम्तीमा पनि १ लाख ४० हजार जापानी नागरिकको ज्यान गएको थियो ।

त्यो आक्रमणको करिब सात दशकपछि अमेरिकाको राष्ट्रपतिले हिरोसिमामा गर्न लागेको भ्रमणलाई संसारले नै एक प्रमुख चासोका रुपमा लिएको छ ।

सन् १९४५ को अगष्ट ६ मा अमेरिकी विमान एनोला गेले हिरोसिमा सहरमा लिटिल ब्वाय नामको बम खसालेको थियो ।