मनमोहनलाई पछ्याउँदै आज १० खर्बको बजेट

Bishnu Poudelकाठमाडौं- २१ बर्षअघि एमाले सरकारले ल्याएको आफ्नो गाउँ आफै बनाऔ, समाजिक सुरक्षा जस्ता अति लोकप्रिय कार्यक्रमहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले प्राथमिकता दिने भएको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले मनमोहन अधिकारी सरकारलाई पछ्याउँदै आज लोकप्रिय बजेट ल्याउने भएको छ । करिव १० खर्ब बजेट ल्याउने तयारी सरकारले गरेको छ । चालू आर्थिक वर्षमा ८ खर्ब १९ अर्ब बजेट विनियोजन गरिएको थियो । तर ओली सरकारले सवा १० खर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको स्रोतले बताएको छ ।

सरकारले समाजिक सुरक्षा भत्ता, गाउँको बजेट र कर्मचारीको तलवमा बृद्धि गर्ने भएको छ । ओली सरकारको बजेटले पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ ।

उद्योग धन्दा सञ्चालन, हाइपडो पावर निर्माण सरकारका मुख्य लक्ष्य रहेका छन् । बजेट आज व्यवस्थापिका संसदमा अर्थमन्त्री विष्णु पौडेलले पेश गर्ने भएका छन् ।