काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गर्दै सोमबार साँझ पुनः पत्राचार गरेका छन् ।
विगतमा भएका वार्ता र संवादले समस्या समाधानका लागि सकारात्मक रहेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले त्यसकै परिणामस्वरुप संविधान संशोधनसमेत भएको स्मरण गराएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
आफू वार्ताबाटै समस्या समाधान हुनेमा विश्वस्त रहेको भन्दै प्रधानमन्त्री ओलीले मधेस आन्दोलनका घाइतेको उपचार र मृतककलाई क्षतीपूर्ति दिने कुरामा सरकार सकारात्मक रहेको बताएका छन् । उनले प्रदेशको सिमांकन सम्बन्धी मागलाई सम्बोधन गर्न सरकारले समिति गठन गरिसकेको पनि स्मरण गराएका छन् ।






