सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेले सहमतिका लागि समय नलिने भएका छन् । सहमति भन्दै दिनहँ हुने वार्ता संवाद निष्कर्ष विहिन भएको भन्दै अब सहमतिका नाममा समय बर्बाद नगर्ने निर्णय गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दुईदलको बैठकमा आजै विपक्षी मोर्चा संग निर्णायक वार्ता गर्ने निर्णय भएको छलफलमा सहभागि काँग्रेस नेता रामहरि खतिवडाले जानकारी दिनुभयो ।
सत्तारुढ दुई दलका शीर्ष नेतृत्वको बैठकले आज सहमति नभए भोलीबाट प्रक्रियाका बारेमा छलफल गर्ने र माघ आठमा लोकतान्त्रीक संविधान जारी गर्ने सहमति गरेका हुन् । सहमति गर्ने वहानामा विपक्षी दलहरुले आफुहरुलाई झुलाउने काम गरिरहेको भन्दै लचकता नदेखाए प्रक्रियाका लागि छलफल अगाडि बढाउने निष्कर्ष निकालेका छन् ।
यसैबिच—सत्तारुढ दल काँग्रेस एमालेले संविधान निर्माणमा देखिएको विवादित विषयहरुमा निर्णायक छलफल गर्ने भएको छ । मार्चा संविधान निर्माणमा लचक नभएको भन्दै सत्तारुढ दलले निर्णायक छलफलका लागि प्रधानमन्त्री कार्यालयमा बोलाएको हो । संविधान निर्माणको बाटो खुला गर्न कसरी लचकता अपनाउन सकिन्छ भन्ने बारेमा छलफल हुने बताइएको छ । मोर्चाले घोषणा गरेको आन्दोलनका कार्यक्रम,संविधान निर्माणका विवादित विषमयमा छलफल हुने बताइएको छ ।
सत्तारुढ दलको कडा निर्णय






