
लन्डन- यसअघि भिसा नलागेपछि रोकिएकी गायिका ज्योति मगर अन्तत बेलायत आउने भएकी छिन् ।
उनको मंगलबारमात्रै भिजा लागेको सपन इन्टरटेनमेन्ट लिमिटेडले जनाएको छ । इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सपनकुमार राईको पहलमा ज्योतिलाई बेलायत झिकाएको हो ।
ब्रिटिस गोर्खा नेपलिज काउन्सिलले अंग्रेजी नयाँ वर्षका अवसरमा मगरलाई झिकाउन आवेदन दिएपनि भिसा अस्वीकार भएपछि गायिकाहरु इन्दिरा जोशी र सुनिता दुलाल लन्डन आएका थिए ।
ज्योतिले बेलायतका विभिन्न सहरमा कार्यक्रम गर्ने तयारी छ । ४ जुन साँझ इम्पायर हल अल्डरसट र ११ जुनमा हकिन्स् कम्युनिटी सेन्टर, केन्टमा शो गर्ने तय भइसकेको छ ।






