काठमाडौं, कार्तिक ८ । राजनीतिक दलहरुले सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्न नसकेपछि अब बहुमतीय प्रक्रियाबाट चयन हुने भएको छ ।
राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारी प्रस्ताव दर्ता गर्नका लागि आज ११ बजेदेखि १ बजेसम्मको समय तोकिएको थियो । तर यो समयमा कुनै पनि उमेदवारी दर्ता नपरेपछि अब बहुमतीय प्रक्रियाबाट चयन हुने भएको छ ।
राजनीतिक सहमति नभएपछि अब १० गते १० बजेदेखि १ बजेसम्म राष्ट्रपति र उपराष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । ११ गते राष्ट्रपति र उपराष्ट्रपतिका लागि ११ बजेदेखि २ बजेसम्म संसदमा गोप्य मतदान हुनेछ ।
११ गते ५ बजे बस्ने व्यवस्थापिका–संसदको बैठकले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनको मतपरिणाम घोषणा गर्नेछ ।
आज सहमति हुन नसकेपछि आज साढे ४ बजेका लागि बोलाइएको व्यवस्थापिका–संसदको बैठक ११ गते ५ बजे सम्मका लागि सुचना टासेर स्थगित गरिएको छ ।







