दाहाल निवासमा किन गए रामचन्द्र ?

ramchandra212काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनमा ढिलाई भएको भन्दै एकीकृत माओवादीका अध्यक्ष तथा सरकार संचालन उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बिहान दाहाल निवास लाजिम्पाटमा भएको भेटमा पौडेलले संविधान जारी भइसकेको अवस्थामा अर्को निर्वाचन अघि गर्नुपर्ने काम धेरै भएको भन्दै दलहरुबीच सहमति जुटाएर अघि वढ्न दाहाललाई सुझाव दिएका हुन् ।

उनले संविधानको कार्यान्वयनका लागि प्रादेशिक तहको चुनावको तयारीमा जुट्नुपर्नेमा जोड दिएका थिए ।