आयुर्वेदिक औषधी खाएसी च्वट्टै भयो च्वट्टै (भिडियो सहित)

aaubedik-aausdi-1-650x488

लण्डन । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी र गायिका ज्योति मगरको लोक दोहोरी गित आयुर्वेदिक औषधी खाएसी चट्टै भयो चट्टै बोलको गीतको भिडियो सर्वजनिक भएको छ ।

मान्छेलाई दिनानुदिन रोगले सताई रहेको बेला आयुर्वेदिक औषधी खाएपछी रोगहरु पनि च्वटै भएको कथा बस्तुमा गीत तयार भएको फरक खालको “आयुर्वेदिक औषधी खाएसी च्वट्टै भयो च्वट्टै” गीत गायक खुमन अधिकारीले बताए । रोगी मान्छे आयुर्वेदिक औषधी खाएर हेन्सम भएका कथा बस्तु गीतमा उतारिएको छ ।

झलेन्द्र अधिकारीको शव्द तथा खुमन अधिकारीको लयमा रहेको आयुर्वेदिक सम्बन्धीको गीत सन्देशमुलक तथा मनोरञ्जनात्मक देखिन्छ । मायाप्रेमको सेरोफेरोमा मात्र लोकदोहोरी गीत संगित आउने गरेका छन् भन्ने आरोपलाइ पनि यो गितले गतिलो जवाफ दिएको देखिन्छ ।

तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको गितमा चर्चित हाँस्य टेलिश्रृखला जिरे खुर्सानीका हाँस्य कलाकार शिवहरी पौडेल (मुखमा हान्नु जस्तो) र ज्योति मगरको अभिनय रहेको छ । शंकर बिसीको निर्देशन रहेको म्युजिक भिडियो दुर्गा पौडेलले छायाँकङन गरेका छन् ।

हेर्नुस् भिडियोः