मोरंग सुनसरी समाज युकेको गठन हुँदै

लन्डन । नेपालका विभिन्न स्थानबाट बेलायत आएर बसोबास गर्ने नेपालीहरु संगठित हुने क्रममा क्षेत्रीय रुपमा आफ्नै जिल्लाका समाज हरु रहेका छन् । त्यति मात्र नभएर नेपालका गाउँ , सहर र टोलटोल सम्मका पनि बसोबास र जनसंख्या अनुसार एकत्रित हुने गरेको पाइन्छ ।

एकै क्षेत्रका नेपालीहरु एकत्रित भएर बेलाबेला भेटघाट तथा आफ्नो मातृभूमि प्रति समाज सेवा र सामुहिक चिन्तन गर्ने प्रचलनलाई सकारात्मक रुपमा हेर्ने गरिएको छ । यस्ता कदमले स्थानीय रुपमा मित्रवाट सम्बन्ध तथा आत्मियता बढाउने एकै स्थान र क्षेत्रको स्मृति र सद्भावले मातृभूमि संग जोडेर राख्ने गर्ने गरेको पाइन्छ भने स्थानीय रुपमा समस्या हरु आइपर्दा , मानवीय सेवा , स्थानीय कला संस्कृति , पर्यटन प्रबर्धन , स्थानीय प्रतिभा , नेत्रित्व बिकास ,कलाकार नेताहरुलाइ सामुहिक सम्मान लगायतका कार्यगर्ने मूल उदेस्य रहेको बताइएको छ ।

प्रदेश १ को राजधानी बिराटनगर , इटहरी , धारन , तरहरा , इनहरवा ,खनार दुहवी , झुम्का , बिराट चोक , पथरी, लेटांग , सनिस्चरे , रंगेली , उर्लावारी लगायत भिभिन्न क्षेत्र दुवै जिल्ला यातायातको सुगम र घनिष्टरुपले जोडिएका भौतिक तथा राजनीतिक रुपले पनि सचेत तथा धेरै कुरामा समानता पाइने भएकोले मोरंग र सुनसरी जिल्लालाइ एकै छाता मुनि राखेर संगठित हुन लगिएको बताइएको छ । यी २ जिल्लाको छिमेकी झापा जिल्लाको समाज यस अघि नै गठन भइसकेको पाइन्छ ।

नेपालका अधिकाम्स जिल्लाका समाजहरु बेलायतमा रहेपनि मोरंग र सुनसरीबाट बसोबास गर्नेहरुको संगठन नरहेकोकुरालाई मध्यनजर गर्दै त्यस स्थानबाट बेलायत आई बसोबास गर्ने केहि युवाहरुले अग्रसरता साथ् संगठित हुने प्रकृया सुरुगरेका छन् । यस अघि नै गठित धरान समाज तथा इटहरी स्थान बिशेषका मात्र समाजलाइ पनि एकत्रित गरेर समग्र मोरंग र सुनसरी वासीहरुको बृहद समाज गठन गर्न बहस अघि बढाईएको यसका अभियन्ताहरुले जनाएका छन् ।
बहसका लागि आगामी अगस्ट अन्तिम तिर भेटघाट आयोजना गरिने बताइएको छ । मिति र स्थान बारे चांडै सार्वजनिक गरिने हाल सहजीकरण गरिरहेका सुनसरिका बिपिन निरौला र मोरंगका जगन कार्कीले जानकारी दिए ।

बिस्तृत जानकारीका लागि समाजको फेसबुक प्रोफाइलमा https://www.facebook.com/MoSuUk एड हुन , वास यसको पेज लाइक https://www.facebook.com/morangSunsariUK/ गरेर सम्पर्कमा रहन अनुरोध गरिएको छ ।