लन्डन- नेपाली नयाँ वर्ष २०७३ को स्वागतमा बेलायतमा भव्य कार्यक्रम आयोजना गरिएको छ ।
नेपलिज ब्रिटिस कम्युनिटी एनबीसी यूकेले ह्यारो फुटबल क्लबमा नयाँ वर्षको स्वागतमा विशेष कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष कमल खनाल ,सांसद बीरेन्द्र शर्मा ,ग्यारेथ थोमस, दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोल, लन्डन एसेम्ली मेम्बर डा. ओन्कार सहोता ,यूरोप संयोजक कुल आचार्यले संयुक्तरुपमा उदघाटन गरेको कार्यक्रममा नायिका प्रियंका कार्की तथा गायकहरु शिव परियार र हेमन्त शर्मालगायत सहभागी भए ।
प्रियंकाको कम्मर माथि पटुकी होस् वा सुर्के थैली, दर्शक उनको आकर्षक नाच हेर्न लालयित भइरहे ।
गायक हेमन्त शर्मा भने कहिले मुल हौ भने रसाइदेऊ भन्दै अनुनय
गर्दै थिए भने कहिले माया सार्है महंगो रहेको गुनासो गर्दैै थिए दर्शकसंग । उनका पुराना नयां गीतले दर्शक नाचिरहे । कम थिएन् शिव परियारको प्रस्तुति पनि । मादक पदार्थमा झुमिरहेका हुन् वा पानी जुस पिइरहेका दर्शक । उनले सुनाइरहेको पिउंदिन भन्दा भन्दै पिलायो साथीले अनि बेहोसपछि त होसमा आउंदा क्या दामी भो…गाएपछि त दर्शक मज्जाले नाचिहाले ।
कार्यक्रम हेर्न मानिसहरुको तंछाडमंछाड थियो । आयोजकले लामो मन्तव्य राखेर, हल सांघुरो भएर दर्शकले सास्ती खेप्नु परेपनि तीन कलाकारको बेजोड प्रस्तुतिले कार्यक्रमको रौनकता बेग्लै रह्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले नेपाल र बेलायतको दुई सय वर्ष पुरानो सम्बन्ध अझै प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।
नेपलिज ब्रिटिस कम्युनिटी एनबीसीका अध्यक्ष कमल खनाल, सचिव मिलन घिमिरेले कार्यक्रममा उल्लेख्य सहभागी भएको भन्दै खुसी व्यक्त गरे । अध्यक्ष खनालले नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन र नेपालीको सांस्कृतिक एकतालाई अझै बलियो बनाउन कार्यक्रम भएको बताए ।
सचिव घिमिरेले कार्यक्रम सोचेभन्दा बढी सफल भएको बताउँदै आगामी कार्यक्रममा विगतका गल्तीहरुबाट सिक्दै अझै उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमपछि प्रतिक्रिया व्यक्त गर्दै सांसद शर्माले पनि नेपालीहरुको इमान्दारिता र परिश्रमी छविको प्रशंसा गरे ।
उक्त कार्यक्रम बसन्त नेपालले संचालन गरेका थिए ।
सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि सहित पत्रकारहरुको पनि बाक्लो उपस्थिति थियो ।
भिडियो हेर्नुहोस:
https://youtu.be/JsByY8bBLqg









