काठमाडौं- आन्दोलनका भावी रणनीति तय गर्न मधेसी मोर्चाको बैठक आज बस्दैछ । बिहान ११ बजे संघिय समाजवादी फोरमको कार्यालयमा बस्ने बैठकमा मोर्चाको अबको आन्दोलन, सरकारसँग गर्ने वार्ताका विषमया छलफल हुनेछ । लामो आन्दोलन फिर्ता लिएको मोर्चाले आन्दोलनको समिक्ष र भावी रणनीति तय गर्ने बैठक बोलाएको हो ।
आफ्ना माग पूरा गर्न चैत मसान्तसम्मको अल्टिमेटम दिएको मोर्चाले चैतभित्र माग पूरा नभए वैशाखदेखि आन्दोलन गर्ने जनाइसकेको छ । विगत आन्दोलनमा भएका कमी कमजोरी तथा भावी रणनीति तय गर्न बैठक बोलाइएको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार बैशाख देखि गर्ने आन्दोलनको कार्यक्रम तय हुनेछ । चैत मसान्त भित्र सरकारले आफ्ना मागहरु पूरा नगरे के गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिनेछ ।
मोर्चाले सरकारलाई चैतसम्मको अल्टिमेटम दिएको छ । तर वार्ता भएको छैन । संविधानप्रति असन्तुष्टि जनाउँदै मोर्चाले पाँच महिना लामो मधेस बन्दसहित विरोधका कार्यक्रम सञ्चालन गरेको थियो । आज बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, सचिवालयले तयार पारेको आन्दोलनका एजेन्डाका विषयमा पनि छलफल हुनेछ ।






