नेपालिज कम्युनिटी वाटफोर्डद्वारा बाढीपीडितका लागि रु ९ लाख ७५ हजार सहयोग

लन्डन- नेपालमा हालै आएको विनाशकार बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ Nepalese Community Watford ले उल्लेखनीय आर्थिक सहयोग जुटाएको छ।

अध्यक्ष लेख गुरुङका अनुसार समुदायका सदस्यहरूको सक्रिय सहभागिता र उदार सहयोगबाट जम्मा गरिएको ४,८८१ पाउण्ड (९ लाख ७५ हजार नेपाली रुपैयाँ) प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाइएको  महासचिव बिनु लामिछाने घिमिरेले बताइन् ।

अभियानमा वाटफोर्डसहित बेलायतका विभिन्न स्थानमा रहेका नेपाली समुदायका सदस्यले स्वस्फूर्त रूपमा सहयोग गरेका थिए। उनीहरूको सहयोगबाट कुल ९ लाख ७५ हजार नेपाली रुपैयाँ संकलन भएको संस्थाले जनाएको छ।

संकलित रकम संस्थाको तर्फबाट प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण

Screenshot

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै गरिएको यस सहयोग अभियानमा योगदान दिने, साथ दिने तथा सन्देश फैलाउने सम्पूर्णलाई संस्थाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

“साना–ठूला सबै सहयोगहरू माया र एकताको भावना सहित गरिएको हो,” संस्थाले जनाएको छ।

बाढीले ठूलो जनधनको क्षति पुर्‍याउनुका साथै धेरै परिवारहरू गम्भीर मानवीय संकटमा परेका बेला बिदेशमा रहेका नेपालीहरू एकजुट भई मातृभूमिको दुःखमा साथ दिन तयार रहेको सन्देश यस अभियानले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *