एनआरएन यूकेको विजनेस डेभलेपेन्ट विभागको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

लण्डन  अप्रिल ५.

एन आर युके बिजिनेस डिपार्टमेंटको पहिलो बैठक चौतारी रेस्टुरेन्ट प्लमस्टेडमा आधा दर्जन निर्णय गर्दै सम्पन्न भएको छ !उक्त बैठकमा एन आर एन यूकेका कार्यसमितिका प्रबक्ता खुसी लिम्बु , कोषाध्यक्ष दीपक श्रेष्ठ सल्लाहकार हरु सहदेव गिरी ,कुमार श्रेष्ठ ,एल एन पांडे,अर्कराज तिम्सिना,जिबन सेन लगायत स्थानीय ब्यापारी सुशिल प्रजापति ,शंकर जंग गुरुंग ,राम मास्के समेतको सहभागिता रहेको थियो !12966081_1722862851326213_263933571_n[1]

बिजिनेस बिभागका कोर्डिनेटर ललित कुमार नेउपाने को अध्यक्षतामा भएको उक्त बैठकको सञ्चालन बिभागका सचिब सुरोज मास्केले गर्नु भएको थियो ! उक्त बैठकमा बिभागका डेपुटी कोर्डिनेटर मोहन गुरुंग ,सदस्यहरु हरिस ज्ञवाली ,जिबन अधिकारी को उपस्थिति थियो ।

बैठकले गरेको निर्णयहरु निम्नानुसार छन 

१,बिजिनेस डायरेक्टरी निर्माण गर्न डाटा कलेक्शन ,सर्वे एलेकट्रोनिकल तवरले गर्न बिभागका सदस्य हरिस ज्ञवाली लाई जिम्मा दीई कार्य अगाडी बढाउने निर्णय गरियो।

२.बिजिनेस डेवलपमेंटको लागी बेलायतको बिभिन्न छेत्रका ब्यबसायिहरु लाइ सहभागी गराई बिभिन्न बिसयमा तालीम सेमिनारको आयोजना गर्ने निर्णय गरियो।

३.नेपाल हाउसको औचित्य जनमानसमा पुस्टि गर्दै सबै ब्यबसायी हरु लाइ यस  अभियानमा सहयोगको लागि  प्रयास गर्ने निर्णय गरियो ।

४ ,एन आर एन डिस्काउंट कार्ड बाट छूट दिने ब्यबसायिक प्रतिष्ठानको वेबसाइटमा  अभिलेख राखी ब्यबस्थित गर्ने र छुट्दिने ब्यबसायिको पसलमा  छुटको स्टिकर टास्नु पर्ने कुराहरुको लागी कार्यसमितिमा पेस गर्ने निर्णय गरियो   ।

५ ,बेलायत र नेपालमा लगानीको छेत्र पहिचान गरी लगानीको बाताबरण तयार गर्न  लगानी गर्न  इच्छुक लगानीकर्ताहरु लाइ  जम्मा गरी  बिभिन्न सम्भाब्य परियोजना हरु को प्रस्तुति गराउने निर्णय गरियो ! कोषाध्यक्ष दीपक श्रेष्ठ ले हाइड्रो पावर सम्बन्धी र डेपुटी कोर्डिनेटर मोहन गुरुंग ले सोलार,मिनरल वाटर सम्बन्धी परियोजना हरु छलफल मा ल्यउनुभयो ! यी परियोजना हरुको बिस्तृत प्रस्तुति पछि गर्ने ब्यबस्था मिलाइने छ ।

६ ,उत्कृष्ठ ब्यबसायी हरु लाइ प्रोत्साहंका लागि एन आर एन बर्ष पुरस्कार तथा सम्मान गर्ने ब्यबस्था मिलाउन कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरियो ।12941153_1722862877992877_145522891_o[1]