अध्यादेशबाट न्यायाधीश नियुक्ति हल्ला मात्र : प्रधानमन्त्री

Prime minister KP Sharma Oli speaks on the occassion of 12th Jyapu Diwas organised by Jyapu Cultural Development Fund in Capital on Friday, December 25, 2015. Photo: RSS

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट न्यायाधीश नियुक्ति वा अवधि रहँदै संसद्को चुनाव हुनेजस्ता हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ ।

एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित तत्कालीन पोलिटब्युरो सदस्य तथा लुम्बिनी अञ्चल इञ्चार्ज रामनाथ ढकालको प्रथम वार्षिक स्मृति सभामा प्रधानमन्त्री ओलीले भन्नुभयो – “अध्यादेशबाट न्यायाधीश नियुक्ति हुन लाग्यो वा संसद् सिध्याउन आँट्यो भन्ने हल्लाको पछि लाग्नुपर्ने छैन । सरकारले सगरमाथाको मुलुकको शिर निहु¥याउन नदिने गरी मुलुकका वास्तविक समस्या सम्बोधन गर्न लाग्नेछ ।”

व्यवस्थापिका–संसद्को नियमावली बन्न ढिलाइका कारण संसदीय सुनुवाइ समिति गठन नभएको र हाल संसद् अधिवेशन आह्वान नभएकाले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेको छ ।

एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले खडा गरिएका नक्कली समस्या र व्यवधानलाई पराजित गर्दै एमाले र सरकार अघि बढ्ने दृढता व्यक्त गर्नुभयो र भन्नुभयो – “एकता, सुदृढ र गतिशीलताका साथ एमाले अघि बढ्ने छ ।”