काठमाडौं, पुस २६ – वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले बजार अनुगमनका क्रममा बाबा ग्यास प्रालि सानेपाबाट कम तौलाका भरी सिलिन्डर बरामद गरेको छ । विभागको अनुगमन टोलिले शुक्रबार बाबा ग्यास प्रालिमा अनुगमन गर्दा डिपोमा रहेका श्री ग्यासका ५ थान र बाबा ग्यासका १० थान भरी सिलिण्डरको तौल कम भएको पाइएको हो । अनुगमन टोलिले भरी सिलिन्डरको तौल लिदा प्राय सबै सिलिण्डरमा ४५ ग्रा.देखि दुई सय ३० ग्राम सम्म तौल कमी पाइएको विभागले जनाएको छ । अनुगमन टोलीले दुई सय ३० ग्राम तौल कमी भएको एक सिलिण्डर बाबा ग्यास टोलीले नियन्त्रणमा लिएको छ भने एक सय ग्राम भन्दा बढी तौल कम भएका आठ थान ग्याँस सिलिण्डर डिपोकै प्रतिनिधीको जिम्मामा सिलबन्दी गरिएको विभागले जनाएको छ । विभागले कम तौलका सिलिन्डर बिक्री वितरण गर्ने डिपोका आधिकारीक व्यक्तिलाई आइतबार बयानका लागि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।
बाबा ग्यासका कम तौलाका सिलिन्डर बरामद






