सिङ्घानिया हत्याका योजनाकार यादव पक्राउ

arun singhaniaजनकपुरधाम- टुडे सञ्चार समूहका अध्यक्ष अरुण सिङ्घानिया हत्याका योजनाकार जनतान्त्रिक टाइगर जनशक्ति पार्टी नामक भूमिगत सङ्गठनका अध्यक्ष धर्ती सिंह भनिने चनरदीप यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा यादवलाई आज सार्वजनिक गरिएको कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले सिङ्घानियाको गोली हानी हत्या गरेको घटनामा यादवले योजनाकार तथा मुख्य व्यवस्थापकीय भूमिका खेलेको बताउनुभयो ।

उहाँले यादव विगत छ महिनादेखि धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा जनतान्त्रिक टाइगर जनशक्ति पार्टी नामक भूमिगत समूह सञ्चालन गरी हत्या, हिंसा, चन्दा असुलीजस्ता आपराधिक गतिविधिसमेत सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।