वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ स्वदेश फर्किए

ambar gurungकाठमाडौँ- भारतमा उपचारपछि स्वास्थ्यमा सुधार आएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ आज स्वदेश फर्कनुभएको छ ।

जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रियगानका सङ्गीतकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश आज दिउँसो स्वदेश फर्कनभएको हो ।

छोरा राजु गुरुङको साथमा आउनुभएका उहाँलाई लिन विमानस्थलमा विभिन्न कला तथा सङ्गीतकर्मीको उपस्थिति थियो ।

मेदान्तको उपचारपछि उहाँको स्वास्थ्य सामान्य स्थितिमा आएको सङ्गीतकर्मी रतन चन्दले जानकारी दिनुभयो । स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै उहाँद्वारा सङ्गीतबद्ध राष्ट्रियगान बजाइएको थियो ।