नेपालगन्ज- नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले नेपालले चीनसँग सम्बन्ध विस्तार गर्दा अर्को छिमेकी मुलुक भारत दुःखी हुनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।
प्रेस चौतारी, बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “हामी दुवै छिमेकी मुलुकसँग समानताका आधारमा सम्बन्ध स्थापित गर्न चाहन्छौँ, यसो गर्दा कुनै एक मुलुक चिढिनु पर्दैन ।”
“सार्वभौम, स्वतन्त्र राष्ट्रले कोसँग कस्तो सम्बन्ध राख्ने उसको आफ्नो अधिकार हो, कसैको अधिनमा बस्नु हामीलाई किमार्थ स्वीकार्य हुन सक्दैन” नेता ज्ञवालीको भनाइ थियो ।






