बुटवलमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

  • राम भण्डारी

accdinetबुटवल- बुटवलको मिलनचोकमा आइतबार दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ट्रकले मोटरसाइकल चालकलाई टाउकोमा किचेको हो । बुटवलबाट भैरहवा जाँदै गरेको लु १ ख ५८५० नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु २२ प १९८६ नम्बरको मोटरसाइलकलाइ ठक्कर दिएको हो ।

मृत्यु हुनेमा बाग्लुङ दगातुम्डाडा निवासी हरि थापा रहेको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।