दुर्घटनामा रेसुंगा क्याम्पसका उपप्राध्यापक भण्डारी र निर्माण व्यवसायी पन्थको निधन

गुल्मी– तानसेन बुटवल सडक खण्डको चर्चरेमा शुक्रबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गुल्मी तम्घास निवासी रेसुंगा बहुमुखी क्याम्पसका उप प्राध्यापक ४७ वर्षीय कृष्ण भण्डारी र निर्माण व्यवसायी ५५ वर्षका रामप्रसाद पन्थको मृत्यु भएको छ । गम्भीर घाइते गाडी चालक देवी पन्थीको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको बा।१४।च ९३६४ नम्वरको स्कार्पियो गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ ।

गुल्मी क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले दु:ख व्यक्त गर्दै मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।