सिड्नीको एक्सपर्ट कप फुटबल प्रतियोगिताको उपाधि माछापुच्छरेलाई

तक्दीर अधिकारी
सिड्नी । छैठौं एक्सपर्ट कप एक दिवसीय फुटबल प्रतियोगिताको उपाधि माछापुच्छरे क्लबले जितेको छ । जनवरी १९ आइतबार सम्पन्न  प्रतियोगिताको फाइनल भिड्न्त माछापुच्छे र द राइजिङ गोरखा पुगेका थिए । द राइजिङ गोरखालाई पराजित गर्दै माछापुच्छेले दोस्रो पटक उपाधि जितेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिनु परेको थियो । ट्राइब्रेकरमा माछापुच्छे«ले ३ वटै गोल ग-यो भने द राइजिङ गोरखाको एउटा गोल मिस भएको थियो । समग्रमा माछापुच्छरेले ३–२ ले उपाधि जित्यो ।

उपाधिसँगै माछापुच्छेले दुई हजार डलर नगद, सिल्ड र ट्रफी पायो । उपविजेता द राइजिङ गोरखाले एक हजार डलरमा चित्त बुझायो । प्रतियोगितामा २० टोली सहभागी थिए । प्रतियोगित का कार्यकारी निर्देशक ग्न्यानक वाइबा का अनुसार ती २० टोलीमध्ये सिड्नीको १८, मेलवर्न र क्यान्बेरा बाट एक एक टोली सहभागी थियो । यी २० टोलीलाई चार समूहमा विभाजन गरी नकआउटका आधारमा खेलाइएको थियो ।

प्रतियोगिताको आकर्षण नेपालका अन्तर्राष्ट्रिय खेलाडी रोहित चन्द थिए । इन्डोनेसियाको लिग फुटबल खेलिरहेका चन्द अस्ट्रेलिया खेल हेर्न नेपाल बाट अष्ट्रेलिया आएका छन आइपुगेका छन ।

पुरस्कार बितरन समारोहमा  एक्सपर्टका निर्देशक सञ्जिव शर्मा , मन्जीत घिमिरे, निम्फा का अध्यक्ष अरुणकुमार तमाङ,एन आर एन ए अष्ट्रेलियाका सदस्य घनेन्द्र फियाक ,  गुठी अष्ट्रेलियाका शिव श्रेष्ठ लगायत अन्य समाज का प्रतिनिधि हरु को उपस्थिती थियो । प्रतियोगिताको एक्सपर्ट एजुकेसनले प्रायोजन गरेको थियो । प्रयोजकको तर्फबाट एक्सपर्टका निर्देशक सञ्जिव शर्माले खेलकुद विदेशी भूमिमा नेपाली समुदायलाई जोडने महत्वपूर्ण माध्यम भएको बताए । उनले भने, ‘युवालाई खेलकुदले प्रतिभा प्रस्फुटन गर्नुका साथै स्वस्थ राख्छ । त्यसैले यसको महत्व दिनानुदिन बढेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *