खुलातर्फ २५ जनाको मतगणना सकियो, शेखरको सबैभन्दा बढी मत, मिनेन्द्र अन्तिम

nc22काठमाडौं- नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना सकिएको छ।

मध्यान्ह सार्वजनिक भएको अन्तिम गणना अनुसार काँग्रेस नेता शेखर कोइराला सबैभन्दा बढी मत १८४८ मत पाएर निर्वाचित भएको नेपाली कांग्रेस निर्वाचन समितिले जनाएको छ।

मतगणनाको अन्तिम नतिजा अनुसिार यो पटक २५ जना खुल्ला सदस्यमा प्रदीप पौडेल, रमेश लेखक र विश्वप्रकाश शर्मा दुई जना विल्कुल नयाँ अनुहार आएका छन्। पौडेल यसअघि पराजित भएपनि तत्कालिन सभापति सुशील कोइरालाले आफ्नो कार्यकालको अन्तिमतिर मनोनित गरेका थिए।

खुल्ला सदस्यमा निर्वाचित भएका बद्री पाण्डे यसअघी सेती अञ्चलबाट निर्वाचित भएका थिए। अरु निर्वाचितहरु सबै पुरानै अनुहारहरु रहेका छन्।
congress
मतगणनाको अन्तिम नतिजा अनुसार शेखर कोइराला, खुम बहादुर खड्का, प्रकाशमान सिंह, कुलबहादुर गुरुङ, प्रदीप पौडेल, प्रदीप गिरी, धनराज गुरुङ्ग, बालकृष्ण खाँण, रमेश लेखक, पूर्ण बहादुर खड्का, महेश आचार्य, बल बहादुर के।सी।, बिमलेन्द्र निधि, डा। राम शरण महत, सुजाता कोइराला, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एन।पि। साउद, बद्री पाण्डे, गोपाल मान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, चन्द्र भण्डारी, डा। प्रकाश शरण महत, डा। नारायण खडका, डा। मिनेन्द्र रिजालले जितेका छन्।