काठमाडौँ- नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको छ ।
नेकपा (एमाले) गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा सचिव ज्ञवालीले सरकारसँग आवश्यक बहुमत रहेकाले कसैले चाहँदैमा सरकार परिवर्तन नहुने बताउनुभयो ।
उहाँले नेपाली काँग्रेस तथा मधेस केन्द्रित दल जिम्मेवार भई आएमा सरकारमा सहभागी गराउन सकिने र अहिलेको सरकारलाई नै राष्ट्रिय सरकार बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।
सचिव ज्ञवालीले संविधान जारी गर्न हिच्किचाएका विभिन्न दलले अहिले संविधानको अपनत्व लिन खोजेको बताउँदै मुलुकमा विद्यमान सङ्कट समाधान तथा संविधान कार्यान्वयनका लागि प्रमुख दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।






