अन्जुको ब्यथा लण्डनमा सार्वजनिक: बिश्वास गर्नेहरुले नै खाडल खन्दा”

fnj 2016 101लण्डन,

गायिका अन्जु पन्तको जीवनमा फेरि आफ्नै मान्छे बैरी बनेको छ। त्यसो त पहिला पति गायक मनोज राज बैरी बन्नाले उनिहरुको बैबाहिक सम्बन्ध टुटेको थियो र अन्जु एकल जीवन जीउँदै आएकी थिइन। यो पाली उनलाई अझै गाह्रो परेको छ अन्जुको ब्यथा पनि बढेको छ मुटु पनि दुखेको छ। उनले आफ्नो यो नयाँ ब्यथा गीतलाई माध्यम बनाएर पोखेकी छन।

जुन गीतको भिडियो मार्च ६ तारिकका दिन लण्डनमा एक कार्यक्रमका बिच बेलायतका लागि नेपालका कार्यवाहक राजदुत तेज बहादुर क्षेत्री, एनआरएन युकेका अध्यक्ष मुछेन्द्र गुरुङ र नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्टले संयुक्त रुपमा बिमोचन गर्नु भयो। गीतको भिडियो हेरे पछि उहाँहरुले गीतको लेखन, संगीत तथा गायनको खुलेर प्रशंसा गर्नु भयो र सफलताको लागि शुभकामना दिनु भयो।

“बढ्छ ब्यथा दुख्छ मुटु आफ्नै मान्छे बैरी बन्दा बिश्वास गर्नेहरुले नै पाइलै पिच्छे खाडल खन्दा” बोलको यो गीत गीतकार एबम पत्रकार नृपेश उप्रेतीको केही समय अगाडी सार्वजनिक भएको गीत गजलहरुको एल्बम “आहान अर्को खुशी”को एक महत्त्वपुर्ण गीत हो। जसमा अहिलेका चर्चित एबम लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ।

“यो गीत नलेखिएको भए सायदै म मेरा गीतहरु रेकर्ड गरेर एल्बमको रुपमा निकाल्न प्रेरित हुन्थे” गीतकार उप्रेती भन्छन। “यहि गीत लेखे पछि नै मलाई गीतहरु रेकर्ड गर्ने र एल्बम निकाल्ने प्रेरणा मिलेको हो र एल्बममा सम्हिलित सबै नौ गीतहरु राम्रा भए पनि मलाई सबै मनपर्ने गीत यहि हो।” रत्न जोशीको निर्देशनमा बनेको बढ्छ ब्यथा गीतको भिडियो गीतको भाव जस्तै प्रेम समर्पण र धोकामा केन्द्रित छ। जसमा कलाकारहरु महिमा, ज्योती र वादलको महत्त्वपूर्ण भुमीकामा देखिएका छन।

यस अघि गीतकार उप्रेतीका आहान अर्को खुशी एल्बमको प्रमोद खरेल र शिव परिवारको आवाजको “आफ्नै जिन्दगी आफैलाई भारी भारी भाको छ” र अन्जु पन्त स्वयंले मोडलिङ्ग गरेको र लण्डनमा खिचिएको ” जुनि जुनि मेरै बन” बोलका दुई गीतहरुको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ्न।

गीतकार उप्रेती पत्रकार महासंघ युकेको कार्यसमितिको सदस्य पनि हुनुहुन्छ।