जनकपुर- सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राज्यले नसुनेपछि फेरि कडा आन्दोलन गर्ने बताउनुभएको छ ।
जनकपुरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सहअध्यक्ष कर्णले अबको आन्दोलनले काठमाडौं र मधेसबीचको खाडल बढेर जाने बताउनुभएको छ ।
एक महिनाका लागि मोर्चा जनतामा गएर जागरण अभियान थालेकाले आन्दोलन स्थगित गरेको बताउँदै उहाँले यो अवधिभित्र सरकारले मधेसी मोर्चाको माग पूरा गरेन भने अबको आन्दोलन पहिलेभन्दा पनि सशक्त हुने बताउनुभयो ।
उहाँले मधेस आन्दोलन समाप्त नभएको बरु विराम मात्र लिएको छ, यो विरामको अवधिमा सरकार सुध्रिएन भने एक महिनाभित्र कडारुपमा आन्दोलन हुनेछ भन्नुभयो ।






