| कृष्ण सिटौला र गगन थापाको उम्मेदवारी घोषणा बुधबार

krishna-sitaula-gagan-thapa-final-finalकाठमाडौं- नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले बुधबार उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपमा उडल्यान्डमा बुधबार दिउँसो ३ बजे पार्टीको १३औं महाधिवेशनकाबारेमा जानकारी दिन भन्दै बोलाइएको कार्यक्रममा उनले उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।

संस्थापनमा कुरा मिल्न नसकेपछि सभापतिका आकांक्षी धेरै देखिएको भन्दै सिटौलाले प्यानल नै खडा गरी सभापति पदका लागि उम्मेदवारी दिन लागेका हुन् ।

सिटौलाको प्यानलबाट महामन्त्रीमा युवा नेता गगनकुमार थापाले उम्मेदवारी दिने जनाइएको छ ।

संयुक्त प्यानलअन्तर्गत् कोषाध्यक्ष पदको उम्मेदवारको छिनोफानो बुधबारै गर्ने निकट स्रोतले बताएको छ ।

त्यस्तै, रामचन्द्र पौडेलले पनि बुधबार नै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्यानलसहितको उम्मेदवारी घोषणा गर्ने जनाइएको छ ।