बागलुङ गल्कोटका गौतमले रेखाको चलचित्रमा स्वर दिए

18260-1024x576[1]

लण्डन । गायन यात्राको छोटो अवधिमै चर्चा बटुल्न सफल लोकगायक थानेश्वर गौतम यतिखेर फेरि मिडियामा सर्वत्र छाएका छन् ।’छम छम पाउजुहरु’ बोलको गीत र म्यूजिक भिडियो सार्वजनिक भएसंगै उनी चर्चामा रहे ।

नेपाली सालैजु,लोक गीत संगीत देखि गजल सम्म चर्चा कमाएका गायक थानेश्वर गौतमको स्वर रहेको उक्त गीत ‘छम छम पाउजुहरु’ …. सबैतिर सुनिन थालेको छ ।

चार दर्जन भन्दा गीतहरुमा स्वर दिईसकेका बागलुङ गल्कोटका गौतमले रेखाको नयाँ चलचित्रमा समेत स्वर दिएका छन भने संगीत पनि गौतमले नै भरेका छन् ।उनलाई गायिका माण्डपी त्रिपाटीले पनि साथ दिएकी छन्।

भर्खर रिलिज भएको छम छम पाउजुहरु’ बोल को गीतको म्यूजिक भिडियो खुब लोकप्रिय भएपछि गौतम गीत भन्दा विपरित दंग छन् ।

श्रोताले घुम्टेमुनी कौलेनी साइली (सालैजु),चोलियाको तुना सरक सरक् सर्काउदै (रोइला),बिर्सिएर सिङारमा गाजल लगाइनछ्यौ (गजल) बोलका गीत अत्यधिक रुचाए ।

रेखासँगै आश्मा डिसी, आभाष अधिकारी र सविन श्रेष्ठ लिड लगायतका कलाकारहरु अभिनित चलचित्रको सो गीतले चर्चा बटुले गायक गौतमलाई नेपाली पाश्वगायनमा थुप्रै अबसरहरु मिल्ने आकलन गरिएको छ।