पार्टी त्याग्नुको कारणबारे के भन्छन् रिजवान ?

rijwan ansariकाठमाडौं– संघीय समाजवादी पार्टी र फोरम नेपालवीच एकता भई बनेको संघीय समाजवादी फोरम नेपालका ५ केन्द्रीय सदस्यसहित ४० जना नेताहरुले पार्टी परित्यागको घोषणा गरेका छन । पार्टीको साधारण सदस्य समेत नरहने गरी उनीहरुले परित्यागको घोषणा गरे । पार्टी परित्याग गर्ने सबै पूर्वएमाले हुन् ।

पार्टी परित्यागको घोषणा गर्नेहरुमा हालका केन्द्रीय सदस्यहरु रिजवान अन्सारी, बीरबहादुर लामा, नोर्साङ शेर्पा, राजकुमार यादव र रामेश्वर यादव रहेका छन् । त्यसैगरी सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज नविन्द्रकुमार तामाङ, केन्द्रीय परिषद सदस्यहरु उपेन्द्र साह, शम्भू चौधरी, मेम्बर लो, रामेन्द्र साह, कलामुद्धिन अन्सारी, गणेश गिरी, हरि घिमिरे, अनवर अन्सारी, राम लामा, बारा जिल्ला पूर्व अध्यक्ष कलामुद्धिन मदानी, संघीय किसान महासंघका महासचिव बुद्ध लामा, सचिव पूर्ण बहादुर श्रेष्ठ, महिला केन्द्रीय सदस्य टोकल तामाङ, ताम्सालिङ प्रदेश सदस्य बुद्धसिद्धि लामा, पूर्व केन्द्रीय सदस्य सिंहबहादुर तामाङ, पूर्व पर्सा जिल्ला अध्यक्ष सरिफ मियाँ, पूर्व केन्द्रीय सदस्य एवं प्रेस फोरमका केन्द्रीय सदस्य अफरोज मंसुरीसहित रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीभित्र फरक मत सहित गठन गरिएको संघीय नवविचार समूहका संयोजक रिजवान अन्सारीले राज्यसँग समानुपातिक समावेशीको माग गर्ने नेतृत्वले पार्टीको आन्तरिक लोकतन्त्रमा समावेशी समानुपातिक विरोधी चरित्रको विरोध गर्दा आफूहरु कारवाहीको भागी दारी बनेको गुनासो गरेर ।

उनले त्यसका विरुद्ध आगामी फागुन २९ राजधानीमा बृहद राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको जानकारी दिदै कार्यकर्ता भेलाबाट पार्टीभित्रै संघर्ष गर्ने वा नयाँ पार्टी खोल्ने भन्ने निर्णय हुने बताए ।