दुई वर्षभित्र विभाजित माओवादी एउटै केन्द्रमा : दाहाल

prachanda23काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी दुई वर्षभित्र विभाजित माओवादीलाई एउटै केन्द्रमा ल्याइने दाबी गरेका छन् ।

२१औं जनयुद्ध दिवसको अवसरमा शनिबार एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा गरिएको कार्यक्रममा पार्टी अध्यक्ष दाहालले माओवादीलाई विभाजित गरी लुटको राजनीति गर्नेलाई अबको एकताले बलियो जवाफ दिने विश्वास व्यक्त गरे ।

दाहालले नयाँ संविधानले सबैको भावनालाई समेट्न सफल रहेको भन्दै संविधान कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

अब मुलुक छिट्टै नै आर्थिक क्रान्तिको दिशातर्फ उन्मुख हुने बताउँदै दाहालले सामाजिक न्यायसहितको आर्थिक क्रान्ति आफ्नो पार्टीको लक्ष्य रहेको बताए ।