राष्ट्रसंघका पूर्वमहासचिव बुत्रोस-बुत्रोस घालीको निधन

Boutros-Boutros-Ghaliइजिप्ट- संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बुत्रोस-बुत्रोस घालीको मंगलबार निधन भएको छ । घाली सन् १९९२ जनवरीदेखि १९९६ डिसेम्बरसम्म राष्ट्रसंघ महासचिव भएका थिए ।

घालीको निधनको राष्ट्रसंघ सुरक्षा परिषदले पनि पुष्टि गरेको छ ।

इजिप्टमा सन् १९२२ मा जन्मिएका घाली राष्ट्रसंघका छैटौं महासचिव हुन् । इन्टरनेसनल लका प्राध्यापक घाली त्यसअघि उप परराष्ट्रमन्त्री भएका थिए ।

घालीका हजुरबुवा इजिप्टका पूर्वप्रधानमन्त्री हुन् ।