गोली हानेर कांग्रेस नेताको हत्या

murder
काठमाडौं- धनुषाको गोली हानेर कांग्रेस नेताको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका नायव उपरीक्षक नकुल पाख्रेलका अनुसार शुक्रबार राति करिब साढे ९ बजे ५० वर्षीय राजेन्द्रप्रसाद यादवलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।

भान्जाकी छोरीको बिहेमा सहभागी फर्किदै गरेको वेला अज्ञात व्यक्तिले उनलाई गोली प्रहार गरी हत्या गरेको थियो ।

मृतक यादव कांग्रेस बालाबाखर गाउँ कमिटीका पूर्वसभापति हुन् ।