भूकम्पले चिरा परेको गाउँमा पहिरो

गजुरी, १२ असार । उत्तरी धादिङको लापा गाविसस्थित तीर गाउँमा अविरल वर्षापछि पहिरो गएको छ । भूकम्पले गर्दा चिरा चिरा परेको गाउँमा पहिरो गएपछि केही गाउँले पहिरो पारि भएकाले घर जान नसकेको सोही गाउँका दावा तामाङले जानकारी दिनुभयो ।
गाउँमाथिबाट पहिरो आएकाले मेलामा गएका २५ महिला शुक्रबारदेखि सम्पर्कमा आउन सकेका छैनन् भने एउटा गाउँबाट अर्कामा समेत सम्पर्क हुन नसकेको टेलिफोनबाट तामाङले जानकारी दिनुभयो । पहिराले केही पशु चौपाया मरेको जानकारी दिइएको छ । गाउँमा पहिरोपछि गाउँवासी उद्धारको प्रतीक्षामा रहेको तामाङको भनाइ छ ।