काठमाडौं- लामो समयपछि भूकम्पको ठूलो धक्का महसुस भएको छ ।
सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ठूलै धक्का गएपछि सर्वसाधारण घरबाहिर निस्किए । भागदौडमा अनामनगरमा दुई जना घाइते भएका छन् ।
भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा राम्रै महसुस भएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहारसम्म पनि धक्का महसुस भएको थियो ।






