जनसम्पर्क समिति बेलायतको प्रसाईं समूहले अधिवेशन गर्ने (भिडियो सहित)

लन्डन । विज्ञान प्रसाईंले नेतृत्व गरेको नेपाली जनसम्पर्क समिति बेलायतको कार्यसम्पादन समितिको बैठक समितिका संयोजक विज्ञान प्रसाईंको अध्यक्षतामा सम्पन्न भएको छ । आइतबार २४ जनवरी २०१६ का दिन ह्यारो, लन्डनमा बैठक सम्पन्न भएको हो ।congress 005

बैठकले नेपाली कांग्रेस केन्द्रिय कार्यालयको निर्देशन बमोजिम पार्टीको आसन्न १३ औं महाधिवेशन अगावै नेपाली जनसम्पर्क समिति बेलायतले सिफारिस गरि पठाएका र केन्द्रले स्वीकृत गरेका कांग्रेसका क्रियाशिल सदस्यहरुको उपस्थितिमा फेब्रुअरी २१ तारिखका दिन अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । साथै सोही अनुरुप काम कारवाही अगाडि बढाउन सम्पूर्ण उपसमितिहरुलाई निर्देशन दिएको छ ।

बैठकले पार्टीले तोकेको केन्द्रिय प्रतिनिधि तथा परिवेक्षकका लागि आवश्यक सम्पूर्ण कागजात केन्द्रलाई उपलब्ध गराउने पनि निर्णय गरेको अधिवेशन तयारी समितिका संयोजक शान्तबिनोद लामिछानेले जानकारी दिए ।