रङ्गेली घटनालाई लिएर धनुषामा आमहड्ताल

Madheshi-Morchaजनकपुरधाम- मोरङको रङ्गेलीमा घटेको घटनालाई लिएर धनुषामा आमहड्ताल गरिएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा घोषित आमहड्तालका कारण जनजीवन प्रभावित भएको छ ।

केही दिनदेखि सहज भएको जनजीवन आजदेखि पुनः कष्टकर भएको छ । हड्तालका कारण शैक्षिक संस्थान, बजार, कलकारखाना र यातायात पनि बन्द गरिएको छ ।

मोर्चाका कार्यकर्ता र नेताहरु बिहानैदेखि जनकपुरका मुख्य चोकहरुमा टायर बालेर लाठी लिएर प्रदर्शन गरिरहेका छन् ।