मोटरसाइकल र ट्रक ठोक्किँदा दुईको मृत्यु

Accident11पोखरा- गएराति मोटरसाइकल र ट्रक ठोक्किँदा दुई सैनिकको मृत्यु भएको छ ।

पोखराको अमरसिंह चोकमा ना१४प ३८५२ नंको मोटरसाइकल र ना३ख ६५९ नं को ट्रक ठोक्किँदा मोटरसाइकलमा सवार सहसेनानी रञ्जनविक्रम शाह र हुद्धा रोशन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार बेलुका ८:२० बजे भएको दुर्घटनापछि उपचारार्थ पश्चिम क्षेत्रीय अस्पतालमा लगिएका शाह र थापाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।