टर्कीले सिरियाली शरणार्थीलाई श्रम स्वीकृति दिने

siriya
टर्की: टर्कीको सरकारले सिरियाली शरणार्थी समस्यालाई व्यवस्थित गर्ने योजनाअन्तर्गत सिरियाली शरणार्थीसँग श्रम स्वीकृति दिने टर्कीका युरोपियन युनियन (ईयू) मन्त्री भोल्कान बोजकिरले बताए ।
मन्त्री बोजकिरले ईयूका उपप्रमुख फ्रान्स टाइमर म्यान्ससँग संयुक्त रुपमा अङ्कारामा सोमबार गरेको एक पत्रकार सम्मेलनमा बताएका हुन् । यसले सिरियाली शरणार्थी बाच्नकै लागी यूरो पुगी श्रम गर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको बोजकिरले बताए ।
 सन् २०१५ को नोभेम्बरमा ईयू र टर्कीबीच यस विषयमा एक सहमति गरेका थिए । सहमति अनुसार अङ्काराले सिरियाली शरणार्थीको टर्की हुँदै युरोप छिर्ने वर्तमान परिस्थितिलाई नियन्त्रणका लागि उपाय एवम् मापदण्ड व्यवस्था गर्न ईयूसँग अनुरोध गरेको थियो ।
यसलाई व्यवस्थापन गर्न ईयूले अङ्कारालाई तीन अर्ब युरो प्रदान गर्नेछ । यो रकम टर्की हुँदै युरोप छिर्ने शरणार्थीको प्रवाहलाई कमी गर्न प्रयोग गरिने बताइएको छ ।
टर्कीले दैनिक गैरकानुनी रुपमा युरोप छिर्ने गरेका ५०० शरणार्थीलाई युरोप छिर्नबाट नियन्त्रण गर्दै आएको बताउँदै मन्त्री बोजकिरले भन्नुभयो, टर्कीले पछिल्लो समय यहाँको बाटो प्रयोग गरेर गैरकानुनी रुपमा युरोप छिर्न खोज्ने आप्रवासीलाई नियन्त्रण गरेको बताए ।
सन् २०१५ को अन्त्यसम्म करिब २४ लाख सिरियाली शरणार्थीलाई टर्कीले शरण दिँदै आएको छ ।
टर्कीबाट ग्रीक टापू हुँदै युरोप पुग्ने आप्रवासीले खतरा मोलेर त्यहाँ पुग्ने गरेको बताउँदै टर्कीका सामुद्रिक सुरक्षा गार्डले एक अर्को कार्यक्रमका बीच बताएका छन् ।
यसरी सामुद्रिक बाटोबाट युरोप छिर्ने क्रममा करिब ८० हजार आप्रवासीको सुरक्षित उद्धार गरिए पनि करिब तीन हजार मानिसको मृत्यु भएको उनले बताए ।