अष्ट्रेलियाको पीआर पाउनेमा नेपाली ९ नम्बरमा

PRकाठमाडौं– अष्ट्रेलियाको पीआर पाउनेमा नेपाली ९ नम्बरमा परेका छन् ।

अष्ट्रेलियाको आप्रवास कार्यक्रम अन्तर्गत यसवर्ष करिब ४ हजार २ सय नेपालीले स्थायी बसोबासको अनुमति लिएका छन् । उक्त संख्या एक वर्षभरि सो कार्यक्रम अन्तर्गत अष्ट्रेलियामा स्थायी बसोबास पाउने देशमा नवौं नम्बरमा परेको छ ।

अष्ट्रेलिया सरकारले हालै सार्वजनिक गरेको ‘टप टेन’ पिआर पाउने देशका आप्रवासीहरुको तथ्यांक अनुसार ४ हजार १ सय ३० जना नेपालीहरुले सन २०१४–१५ मा अष्ट्रेलियाको स्थायी बसोबासको अनुमति लिएका छन् ।

तथ्यांक अनुसार भारत पहिलो नम्बरमा छ भने मलेसिया दशौं नम्बरमा छ । तथ्यांक अनुसार भारतपछि चीन, बेलायत, फिलिपिन्स, पाकिस्तान, आइरिस रिपब्लिक, भियतनाम र साउथ अफ्रिकाका नागरिकहरुले अष्ट्रेलियाको स्थायी बसोबासको अनुमती पाएका छन् ।