सबै वार्ता प्रक्रियामा सदभावना अलग्गियो

rajendra mahatoकाठमाडौं– सरकारसँग तथा विपक्षी दलसँग वार्ता गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको वार्ता प्रक्रियाबाट सदभावना पार्टी अलग्गिएको छ ।

सद्भावना अध्यक्ष राजेन्द्र महातो माथि भएको आक्रमणको माफी नमागेसम्म सबै वार्ता प्रकृयाबाट अलग हुने निर्णय गरेसँगै सद्भावनाले मोर्चा र सरकारबीचको वार्ता प्रकृयाबाट आफूलाई अलग गराएको हो ।

कार्यदलमा तराई-मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र तमसपाका वरिष्ठ नेता रामनरेश राय छन् ।

उक्त कार्यदलमा सद्भावना नेपालका तर्फबाट भने कुनै प्रतिनिधि छैनन् ।