लण्डनमा नयाँ वर्षको धमाका

jamghat

लण्डन । अंग्रेजी नयाँ वर्ष २०१६ को उपलक्ष्यमा साउथ ईस्ट लण्डनको प्लमस्टिडस्थित जमघट परिवारले एक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

नयां वर्षको पूर्वसन्ध्यामा वीलवीचस्थित लोटस क्लबमा उपस्थित भएर नेपालीहरुले नाचगान तथा सामाजिक काममा अग्रसर बन्दै आपसमा खुसी साटेर भब्यताका साथ नयाँ वर्षलाई स्वागत गरेका छन् ।

तिर्थकुमार थापाको अध्यक्षतामा समपन्न कार्यक्रमको पहिलो चरणमा बाबु रानाले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन मनिष श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा लोकप्रिय एक्सिस ब्याण्डका गायक सन्दीप र दाजुभाई एक्युस्टिक ब्याण्डका गायक अमित मगरले स्टेज थर्काउँदै गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाए ।

त्यसैगरी स्थानीय कलाकारहरु लक्ष्मण थापा र नवराज घलेको सांगीतिक प्रस्तुतिले उपस्थित दर्शकहरु नचाउन सफल भए। कलाकारहरुका रोचक प्रस्तुतिले कार्यक्रमकक्ष सिटी र तालीले गुन्जाएमान बनेको थियो ।