यूकेको मोडलिंगमा नेपाली नर्स प्रसुना बनिन विजेता

prasunna2लण्डन । बेलायतमा आयोजना भएको एक अन्तर्राष्ट्रिय स्तरको मोडलिंग प्रतियोगितामा भाग लिएकी एक नेपाली चेली नर्स/मोडेल प्रसुना कंडेल सो प्रतियोगिताअन्तर्गत अनलाईन भोटिंगको विधामा विजेता बनेकी छिन ।
रुल दी यूके मोडलिंग प्रतियोगिताकी प्रतिस्पर्धी प्रसुना कंडेलले अरु प्रतिस्पर्धीले भन्दा ठूलो अन्तरले बढि भोट प्राप्त गरि विजेता घोषित भएकी हुन । सोमबार भोटिंग लाइन बन्द गरिनुभन्दा अघि प्रसुनाले ४२ ,००० भोट प्राप्त गरेर एक नम्बरमा रहंदा उन्को प्रतिस्पर्धीको भोट उनले भन्दा आधा थोरै मत मात्र पाएका थिए ।
यो विधाको विजेता बनेसंगै आउंदो फेब्रुअरी महिनाको २७ तारिख अयोजना हुने फाइनलका लागि समेत प्रसुनाले ३ नम्बर क्रेडिट प्राप्त गरेकी छिन । प्रतियोगिताको फाइनल प्रतिस्पर्धाका लागि अब मुख्य पर्फमेन्स र फेसन शोका माध्यमबाट प्रतिस्पर्धा हुने प्रसुनाले जानकारी दिइन ।
यहाँहरुको माया र साथ बिना यो जीत सम्भव हुने थिएन ‘मेरो साफलता सम्पूर्ण नेपालीहरुको सफलता र पहिचान हो ,आउने दिनहरुमा सँधै राम्रो काम गरेर देशको शिर उचा राख्ने कोशिस गर्दछु ‘मलाई भोट गर्ने र माया गर्ने सम्पूर्णमा आन्तर मन देखि धन्यबाद भन्न चाहन्छु ,प्रसुनाले भनिन
पेशाले नर्स उनी नेपलिज नर्सिङ एसोसिएसन यूकेकी उपाध्यक्ष हुन् ।
prasunna1