लन्डनमा सित्तैमा यात्रा !

card systemलन्डन– लन्डनमा शनिबार हजारौं सर्वसाधारणले सित्तैमा सार्वजनिक यातायातमा यात्रा गरे । सरकारले कुनै योजना ल्याएर सित्तैमा यात्रा गर्न पाइएको भने होइन, ट्रान्सपोर्ट सिस्टममा खराबी आएपछि यात्रु भाडा तिर्न परेन ।

लन्डनका बस, ट्रेन र मेट्रोमा प्रयोग गरिने ओयस्टर कार्ड ‘रीड’ हुन नसकेर पूरै सिस्टम फेल भएको बीबीसीले जनाएको छ ।oyster_card_large[1]

समाचारमा जनाइएअनुसार मेट्रो स्टेशनमा प्रयोग हुने कार्डले गेटसमेत खुलेन । जसका कारण सरकारको लाखौं पाउण्ड नोक्सान भएको थियो ।

सिस्टममा खराबी आएपछि सर्वसाधारणलाई निःशुल्क यात्रा गराइएको थियो । यस्तो सिस्टम मा खराबी भने केहि समयको लागि मात्र भयको र पछि सबै ट्रान्सपोर्ट सिस्टम नर्मल भयको  थियो ।